मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट ६ कार्यकर्ता पक्राउ
पाल्पा | जेठ १२, २०७९
पाल्पा: पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना कार्यकर्तालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।
तानसेन नगरपालिका स्थित आन्दोलन चोकमा चक्का जाम गर्न खोज्ने युवा र विद्यार्थी संगठनका ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल रहेका छन् ।
पक्राउ परेका उनीहरुले सवारीसाधन आवतजावतमा अवरुद्ध गर्न लागेका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

